| आइतवार, कार्तिक २२, २०८३

पालुङटार नगर कार्यपालिकाको भबन निर्माण अन्तिम चरणमा


दरौंदी समाचारदाता


पालुङटार नगरपालिकाको भबन निर्माण अन्तिम चरणमा पुगेको छ । करिब सात करोड लगानीमा निर्माण सम्पन्न हुने नगरपालिकाको प्रशासनिक भबन आउँदो चैतसम्म निर्माण पूरा हुने नगरप्रमुख दिपकबाबु कंडेलले बताए ।


‘नगरपालिकाको पक्की प्रशासनिक भबन थिएन’ उनले भने ‘नगरपालिका आफैँले बजेट बिनियोजन गरेर यो भबन बनाएको हो ।’ पाँच तले नयाँ भबनबाट सेवा सुरु भएपछि नगरबासीलाई सेवा प्रवाह गर्न सहज हुने उनले बताए ।


अहिले पालुङटार नगर कार्यपालिकाले अस्थायी भबनबाट सेवा दिईरहेको छ । ‘एउटै कोठामा धेरै शाखा राख्नुपर्ने बाध्यता छ’ नगरप्रमुख कंडेलले भने ‘सेवा लिन मात्र होईन दिन पनि समस्या भएको छ ।’ धेरै वर्ष पहिले निर्माण भएका पुराना भबन, ट्रस्टका अस्थायी संरचनाबाट नगरपालिकाले सेवा दिईरहेको छ ।


नगरपालिकासँग करिब २२ रोपनी जग्गा छ । नयाँ भबन निर्माण सम्पन्न भएपछि पुराना भबन ब्यवस्थित गर्ने योजना नगरपालिकाको छ । ‘नापी र मालपोत कार्यालयले पालुङटारबाट पनि सेवा संचालन गर्ने कुरा छ’ नगरप्रमुख कंडेलले भने ‘पुराना भबन पनि उपयोगमा आउँछ ।’ भबन निर्माण सुरु भएको तीन वर्ष भयो । निर्माण ब्यवशायीले ढिलाई गर्दा कामले गति लिन नसकेको नगरप्रमुख कंडेलले बताए । ‘यो गतवर्ष सकिनुपथ्र्यो, छिटो काम नसकेपछि पुराना ब्यवशायीसँग ठेक्का तोडेर नयाँ निर्माण ब्यवशायी सँग सम्झौता गरेका हौँ’ उनले भने ।


सुरुमा जिम्मा लिएका ब्यवशायीले काम छाडेपछि खानी ब्राईट कुँवर जेभीले भबन निर्माण गरिरहेको छ । ‘अब दुई महिना भित्र सक्छौँ’ निर्माण कम्पनीका फिल्ड म्यानेजर कुमार बोगटीले भने । स्टक्चरको सबै काम सकिएकाले अब भित्री डिजाईनको काम मात्र बाँकी रहेको उनले बताए ।
भबन स्तरीय र सुविधा सम्पन्न हुनेछ । नयाँ निर्माणाधिन भबनमा लिफ्ट सुविधा समेत छ । २०७८ बैशाख १ गते नयाँ भबनबाट सेवा दिने नगरप्रमुख कंडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्