
यसपालि गोरखा सदरमुकामको ल्होसार घरघरमै मनाइयो
तमु समुदायको ल्होसार यस बर्ष घरघरमै मनाइएको छ । कोरोनाका कारण बिगतमा झैँ औपचारिक कार्यक्रम गरी मनाउन नसकिएको तमु छोँज धिका गोविन्द गुरुङले जानकारी दिए ।
बिगतमा मौलिक भेषभूषामा सजिएर झाँकीसहितको ¥यालीले बजार परिक्रमा गरिन्थ्यो । औपचारिक समारोहमा ल्होसार तथा तमु समुदायको धर्म, संस्कार, संस्कृतिको महत्वको बारेमा चर्चा गरेर, शुभकामना आदानप्रदान गरी ल्होसार मनाइन्थ्यो ।
‘तर यसबर्ष सार्वजनिक रुपमा कार्यक्रम गरिएन । घरघरमै मौलिक परम्पराअनुसार ल्होसार मनाइयो’, गुरुङले भने, ‘बिहान पूजाआजा भयो । घरको झण्डा फेर्ने काम भयो । यसबर्षको ल्होसार यसरी नै मनाइयो ।’
तमुहरुको बाहुल्यता रहेको गण्डकी प्रदेशमा प्रदेश सरकारले ल्होसार पर्वको अवसरमा सार्वजनिक विदा दिएको थियो ।
बारपाक, लाप्राकलगायत बिभिन्न ठाउँमा भने सामुहिक रुपमा औपचारिक कार्यक्रम गरी ल्होसार मनाइएको थियो ।




