
नेकपाका कार्यकर्ताद्वारा गोरखामा प्रधानमन्त्री र राष्ट्रपतिको चर्को आलोचना
प्रचण्ड-माधव पक्षधर नेकपाका कार्यकर्ताले गोरखामा राष्ट्रपति र प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् । आज गोरखा सदरमुकामको हरमटारीमा आयोजित बिरोध कार्यक्रममा सहभागीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली संविधान बिपरित चलेको आरोप लगाए ।
सदरमुकामको चाईनिज धारादेखि सुरु भएको र्याली बसपार्क पुगेर पुन हरमटारीमा कोणमा सभामा परिणत भएको थियो । र्यालीमा सहभागीले गत पुस ५ गते केपी ओली सरकारले गरेको संसद बिघटनको निणर्य संविधान बिपरित भएको भन्दै प्रधानमन्त्री बिरुद्ध नाराबाजी गरेका थिए ।
कोण सभालाई नेकपाका केन्द्रिय सदस्य एवं गोरखा क्षेत्र नम्बर १ का संसद हरिराज अधिकारी, वृद्धिजिवी संगठनका केन्द्रिय अध्यक्ष दिनेशचन्द्र देवकोटा, नेकपा जिल्ला अध्यक्ष लेखबहादुर थापा लगायतले संवोधन थिए । कार्यक्रममा भरत खनालले कबिता बाचन गरेका थिए भने संचालन विशेश्वर कट्टेलले गरेका थिए । बिरोध कार्यक्रममा सहभागी हुन गाउँगाउँबाट प्रचण्ड-माधव पक्षधर नेता कार्यकर्ता गोरखा सदरमुकाम आएको नेकपाले जनाएको छ




