
प्रचण्ड-माधव पक्षधर नेकपाले गोरखा सदरमुकाममा आज बिरोध प्रर्दशन गर्दै
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को प्रचण्ड- माधव पक्षधर नेता कार्यकर्ताले आज गोरखा सदरमुकाममा प्रर्दशन गर्दैछन् ।
आफ्नै पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्ने निर्णय गरेको बिरोधमा असन्तुष्ट पक्षधरले बिरोध कार्यक्रम गर्न लागेको हो ।
सरकारको कदम असंवैधानीक भएको बताउँदै प्रचण्ड – माधव समुहले देशब्यापी बिरोध कार्यक्रम सँगै गोरखामा पनि आज जनप्रर्दशन सहित बिरोध कार्यक्रम गर्ने पुस १२ गते बसेको जिल्ला कार्य समितिको बैठकले निर्णय गरेको थियो ।
गाउँगाउँबाट आज नेकपा नेता कार्यकर्ता गोरखा सदरमुकाम आउने नेकपाका जिल्ला अध्यक्ष लेखबहादुर थापाले बताए ।




