| आइतवार, कार्तिक २२, २०८३

विधि पद्धती अनुसार चुनाव भए कांग्रेस तयार छः केन्द्रिय सदस्य गुरुङ

नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले विधि पद्धती अनुसार चुनाव भए कांग्रेस तयार रहेको बताएका छन् । नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर २ ले भच्चेकमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने ‘संसद बिघटन संविधान बिपरित छ, संविधान अनुसार सरकारले चुनाव गराउँछ भने कांग्रेस जान तयार छ ।’


एकाएक संसद बिघटन गरेर चुनावमा जाने निणर्य गर्नु संवैधानीक ‘कु’ भएको बताउँदै केन्द्रिय सदस्य गुरुङले जनतालाई लोभ देखाएर भोट लिएको नेपाल कम्यूनिष्ट पार्टीले जनताको कुनैपनि आवश्यकता पुरा गर्न नसकेको बताए । ‘चुनावमा दुई तिहाईको सरकार चलाउँछौँ भनेर जनतालाई सबै सेवा दिने भन्दै झुक्याए, अहिले केही दिन सकेनन’ उनले भने ‘अहिले आफैँ फुटे ।’

प्रधानमन्त्रीले यस अघि बिघटन भएको प्रक्रिया भन्दा फरक ढंगले राजिनामा नदिई संसद बिघटन गर्नु संविधान बिपरित भएको उनले बताए । ‘कांग्रेसको अगुवाईमा बनेको संविधानको रक्षा गर्ने जिम्मेवारी पनि कांग्रेसको हो’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्