
गोरखा क्षेत्र नम्बर १ को ताङलिचोक र २ को भच्चेकमा कांग्रेसको बिरोध कार्यक्रम
संसद बिघटन गर्ने सरकारको निणर्य बिरुद्ध आन्दोलनरत नेपाली कांग्रेसले आज गोरखाका दुवै निर्वाचन क्षेत्रमा बिरोध कार्यक्रम गरेको छ । क्षेत्र नम्बर १ को गण्डकी गाउँपालिकाकाे ताङलिचोक र २ को अजिरकोट गाउँपालिका स्थित भच्चेकमा बिरोध कार्यक्रम भएको नेपाली कांग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले बताए ।
संसद बिघटनको निणर्य बहुमत प्राप्त सरकारको असंवैधानीक कमद भएको बिरोध सभामा बोल्नेहरुले बताएका थिए । क्षेत्र नम्बर १ का सभापति धिरन थापाको अध्यक्षतामा भएको कार्यक्रममा काग्रेसका केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठ, जिल्ला सचिव नन्द्र प्रसाद न्यौपाने, महासमिति सदस्यहरु राजनराज पन्त, राजेन्द्र बजगाई, भुगोल थापा, पूणर्बहादुर दाहाल, कमला लामिछाने लगायतले धारणा राखेका थिए । सभामा सहभागी हुन गोरखा क्षेत्र नम्बर १ अन्र्तगतको गोरखा नगरपालिका, गण्डकी गाउँपालिका, भिमसेन थापा, आरुघाट, धार्चे, चुमनुब्री , शहिदलखन गाउँपालिका लगायतका ठाउँबाट कांग्रेसका नेता कार्यकर्ता ताङलिचोक पुगेका थिए ।
यस्तै क्षेत्र नम्बर २ का सभापति गोबिन्द गुरुङको अध्यक्षतमा भएको कार्यक्रममा केन्द्रिय सदस्य कमला पन्त, धनराज गुरुङ, जिल्ला सभापति हरिबहादुर घले, उप सभापति सुकदेव दवाडी, महासमिति सदस्य एवं गण्डकी प्रदेशका संसाद प्रकाशचन्द्र दवाडी, मुस्लिम संघका राष्ट्रिय अध्यक्ष अब्दुल सतार, महिला संघकी सभापति एवं महा समिति सदस्य मनकुमारी गुरुङ, अजिरकोट गाउँपालिका अध्यक्ष फडिन्द्र धिताल लगायतले मन्तब्य राखेका क्षेत्रीय सचिव मानप्रसाद धितालले बताए ।




