
धार्चे गापाको नवौ हिउदे सभा धार्चेमा ल्याण्ड गर्ने हेलीसग रु हजार असुल्ने
दरौदी समाचारदाता
गोरखाको धार्चे गाउँपालिकाभित्र हेलिकप्टर ल्याण्ड गर्ने हेलिकोप्टरसँग दस्तुर लिने गाउँपालिकाले निर्णय गरेको छ । आईतवार सम्पन्न नवौँ हिउँदे गाउँसभाले ‘इमरजेन्सी’ उद्धार बाहेकका हेलिकप्टरसँग प्रतिखेप एक हजार असुल गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।
गाउँपालिकाले हेलिकोप्टर ल्याण्ड गर्न तीन ठाउँमा हेलिप्याड निर्माण गरेको छ । ‘तीन ठाउँमा हेलिप्याड छ, अब आवश्यक परेका अन्य ठाउँमा पनि निर्माण गर्ने र्छौँ’ उनले भने ।
गाउँ सभाले खच्चड ब्यवशायीका लागि पनि दस्तुर तोकेको छ । १० वटासम्म खच्चड हुनेले एक हजार र त्यो भन्दाबढि हुनेले वार्षिक एक हजार पाँच सय रुपैयाँ राजस्व पालिकालाई तिर्नुपर्ने भएको छ । अन्यथा गाउँपालिकाभित्र खच्चड धपाउन प्रतिबन्ध लगाउने निर्णय गाउँसभाले गरेको छ ।
सार्वजनिक जग्गा उपभोग गर्नेहरुलाई पनि गाउँपालिकाले करको दायरामा ल्याउने निर्णय गरेको छ । सार्वजनिक जग्गामा कच्ची घर बनाएकाहरुले रु पाँचसय, पक्की एकतले घरको रु एक हजार, दुईतला ढलान घर भएकासँग रु एक हजार पाँच सय र तीन तला ढलान घर भएकासँग दुई हजार रुपैयाँ राजस्व लिने निर्णय भएको उनले बताए ।
म्यूजिक भिडियो तथा चलचित्र छायाङ्कन गर्नेहरुले पनि पालिकालाई राजस्व तिर्नुपर्ने व्यवस्था गाउँसभाले गरेको छ । म्यूजिक भिडियोको छायाङ्कन गर्नेहरुसँग पाँच सय र फिल्म छायाङ्कन गर्नेहरुसँग दुई हजार रुपैयाँ राजस्व लिने निर्णय भएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।
मेला महोत्सव संचालन गर्दा स्टल राख्नेहरुले एकहजार, गैरसरकारी संस्था सूचीकृत गर्न एक हजार, स्नुकर ब्यवशाय दर्ता गर्न पाँच सय र नबीकरणमा दुई सय रुपैयाँ शुल्क लाग्नेछ ।
न्याउली झरनामा प्रवेशका लागि नेपालीलाई प्रतिब्यक्ति रु २० र बिदेशीका लागि रु ५० लाग्ने भएको छ । गाउँपालिकाले हरेक वडामा मोवाईल फोन चलाउन नजानेका एकसय जना वृद्धवृद्धालाई तालिम दिने निर्णय पनि गाउँसभाले गरेको छ । ‘वडा अध्यक्षलाई ल्याप्टप बितरण गरेका छौँ, सबैलाई प्रविधिमैत्री तालिम पनि दिनेछौँ’ अध्यक्ष गुरुङले भने ।
नवौँ हिउँदे सभाले भबन निर्माण मापदण्ड, धार्चे गाउँपालिका दरबन्दी मिलान र करार शिक्षक छनौट कार्यविधि, सार्वजनिक खरिद नियमावली, बिपद प्रतिकार्य योजना २०७७, धार्चे जलस्रोत कार्यविधि, न्यायिक समिति संचालन कार्यविधि, धार्चे गापाको सार्वजनिक जवाफदेहीता प्रवद्र्धन सम्बन्धी कार्यविधि, कन्टिजेन्सी रकम ब्यवस्थापन र खर्च संम्बन्धी कार्यविधि, गाउँपालिकाको सामाजिक समावेशिकरण नीति पास गरेको छ । गरिबी निवारण कोषद्वारा प्रवद्र्धित सामुदायिक साना पुर्वाधार बिकास आयोजना संचालन सम्बन्धी मार्गदर्शन समेत पारित गरेको उपाध्यक्ष फूलमाया गुरुङले बताइन् ।
गाउँपालिकाले हिउँदे सभाको अवसरमा उत्कृष्ठ काम गर्ने कर्मचारीलाई सम्मान गरेको छ । गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत रामबहादुर अधिकारीलाई एक लाख रुपैयाँ नगद सहित सम्मान गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । ‘हरेक वर्ष हामीले राम्रो काम गर्ने कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम राखेका छौँ’, उनले भने, ‘सोही कार्यक्रम अन्र्तगत यस वर्ष प्रमुख प्रशासकीय अधिकृतलाई सम्मान गरिएको हो ।’ गाउँपालिका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पूmलमाया गुरुङ, प्रमुख प्रशाकीय अधिकृत रामबहादुर अधिकारी, वडा अध्यक्ष धनकुमार घले, पर्यटन ब्यवशायी तथा गाउँ सभा सदस्य गणेश गुरुङ लगायतले धारणा राखेका थिए ।




