
आँपपिपल अस्पतालमा ४६ जनाको आँखाको शल्यक्रिया
पालुङटारको आँपपिपल अस्पतालमा ४६ जनाको निशुल्क मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । आँपपिपल अस्प्तालको आयोजना, मातृका आई केयर सेन्टर काठमाण्डौँको प्रावधिक सहयोग र पालुङटार नगरपालिकाको सहजिकरणमा शिविर गरिएको हो ।
शिविरमा १६ जना महिला र ३० जना पुरुषको मोतिबिन्दुको शल्यक्रिया गरिएको पालुङटार नगरपालिका स्वास्थ्य शाखाका दिपेन्द्र गिरीले बताए ।
आँखा रोग विषेशज्ञ डाक्टर किशोराज प्रधान सहितको टिमले शल्यक्रिया गरेका हुन् । उपचारपछि आँखाको ज्योती फर्कादिने डाक्टरको टिमलाई बिरामीले धन्यवाद दिए ।
शल्यक्रिया गर्न अस्पताल सम्म आउन जान पालुङटार नगरपालिकाले सर्वसाधारणलाई निशुल्क बस सेवा समेत उपलब्ध गराएको जनाएको छ । शिविर शुक्रवार र शनिवार चलेको थियो ।




