| सोमवार, कार्तिक २३, २०८३

गोरखा दरबार पुनर्निर्माणमा चरम लापार्बाही

भूकम्पले ध्वस्त भएका नीजि आवास, सरकारी तथा सामुदायिक भवन निर्माणको कामले अपेक्षित गति लिएकै हो । भूकम्पले नेपाललाई हैटी बनाउँछ कि इण्डोनेशिया ? जिज्ञासा थिए ।
भूकम्पको साँढेपाँच बर्ष बितिसक्दा पुनर्निमाणको काम अपेक्षित नै भएको छ । यद्यपि निजी आवास पुनर्निर्माणको क्रममा दुर्गम, दुरदराजका भूकम्प पिडितलाई कर्मचारीवृतबाट सास्ती दिइएको छ ।

कैयौँ हण्डर र ठक्कर खादै पिडितले निजी आवास पुनर्निर्माण गरेका छन् ।
सरकारले पुरातत्विक सम्पदाको पुनर्निर्माणलाई पनि प्राथमिकता दिए कोछ । मन्दिर, दरबार, धरहरा, गुम्बा, रानीपोखरी पुनर्निर्माणको कामलाई तिब्रता दिएको छ ।
यद्यपि गोरखाका सयभन्दा धेरै क्षतिग्रस्त गुम्बा पुननिर्माणको काम अनिश्चित बनेको छ ।
करिब चारसय बर्ष पुरानो इतिहास बोकेको गोरखा दरबार पुनर्निर्माणको काम कछुवा गतिमा भइरहेको छ ।

पचली शिभाको जेभी कन्स्टूक्शनले २०७४ सालको कात्तिक महिनाभित्र दरबार पुनर्निर्माण सम्पन्न गर्ने गरी रु चार करोड ३७ लाखमा ठेक्का सम्झौता गरेको थियो । निर्धारित समयसीमाभित्र काम सम्पन्न नगरेपछि छ महिनाका लागि म्याद थप भएकोथियो ।
थपिएको समयभित्र काम सम्पन्न नभएपछि फेरि गत मंसीर मसान्तभित्र काम सम्पन्न गर्न म्याद थप भएको थियो । दोस्रो चोटीको समयसीमाभित्र पनि निर्माण कम्पनीले जम्मा ६५ प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।

कतिपय निर्माण कम्पनीले निर्धारित समयभन्दा अगावै काम सम्पन्न गरी पुरस्कृत भएका हुन्छन्, तर अधिकांश निर्माण कम्पनीले ठेक्का लिएर काम अलपत्र पार्ने गर्छन् ।
गोरखा दरबार पुनर्निर्माणको जिम्मा लिने कम्पनी पनि यही कोटीको हो । निर्माणकर्ता ठेकेदार गोरखाकै हुन् तर पनि चरम लापार्बाही गरिरहेका छन् ।

जति निर्माण गरेको छ, चारसय बर्ष पुराना काठ प्रयोग गरिएका छन्, त्यही पनि चिरिएका, टुटेफुटेका । उनको लापार्बाहीप्रति सबैको ध्यान जानु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्