
आँबुखैरेनी १ को दृष्टि युवा क्लवद्वारा सडक बत्ती जडान
गाउँमा सडक बत्ती नहुँदा साँझ र रातको समयमा बाटो हिड्न असजिलो भएपछि युवा क्लवको सक्रियतामा गाउँ नै झिलिमिली बनेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ स्थित दृष्टि युवा क्लवका सदस्यहरुको सक्रियतामा सडक बत्ती जडान गरिएको हो ।
सडक बत्ती जडान भएपछि गाउँमा चोरी डकैती कम हुने, रातको समयमा हिडडुल गर्न सहज हुने क्लवका अध्यक्ष पवन नेपालीले बताए । बिहान सबेरै दुध लिएर बजार जान, कामको सिजनमा धान पराल थन्काउन स्थानीयलाई सजिलो हुने भएपछि खुसी भएका क्लवका सचिव मनोज बास्तोलाले बताए ।
गाउँपालिका र स्थानीयको संयुक्त गरी एक लाख १७ हजार रुपैयाँ खर्च गरेर बत्ती जडान गरिएको छ । ढाप गाउँ, डुम्रिडाँडा, डिही गाउँका बिभिन्न ठाउँमा गरी ३० वटा बत्ती जोडिएको हो ।




