
लियो क्लव गोरखाद्वारा न्यानो कपडा बितरण
लियो क्लव अफ गोरखाले न्याने कपडा बितरण गरेको छ ।
गोरखा सदरमुकामको हरमटारी चोकमा पुन प्रयोग गर्न मिल्ने कपडा संकलन गरेर बितरण गरिएको क्लवका अध्यक्ष गंगा श्रेष्ठले बताईन ।
चिसोमा कठ्याङ्ग्रिएर गुजारा चलाईरहेका मजदुर, आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणका परिवारलाई कपडा बितरण गरिएको हो ।

बिभिन्न टोलका अध्यक्षहरु सँगको सहकार्यमा पुन प्रयोग गर्न मिल्ने न्यानो कपडा संकलन गरेर बितरण गरिएको उनले बताईन । शनिवार बालवालिका, वृद्धवृद्धा, बयस्क गरी ५० जनाले सेवा लिएका लियो क्लवले जनाएको छ ।
यस अघि गोरखाका बिभिन्न ठाउँमा कपडा बितरण गरेको लियो क्लवले अहिले जाडोको सिजनमा सदरमुकाम बाहेक अन्य ठाउँमा समेत कपडा बिरतण गर्ने योजना रहेको जनाएको छ ।




