| आइतवार, कार्तिक २२, २०८३

भीमसेन थापा गाउँपालिकामा एकघर एकधारा अभियान : बगुवाखेतमा पम्पिङ आयोजना सुरु

गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ बगुवाखेतमा घरघरै धारा पु¥याउने लक्ष्य सहित गाउँपालिकाले खानेपानी आयोजना निर्माण सुरु गरेको छ ।
एक करोड २५ लाख रुपैयाँको लगानीमा एक सय घरधुरीमा धारा पु¥याउने लक्ष्यसहित उक्त योजना सुरु भएको वडा अध्यक्ष नारायण भट्टराईले बताए ।

सो आयोजनाको बुधवार गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले सिलान्यास गरेका हुन् ।
‘बगुवाखेत गाउँमा पानीको हाहाकार छ, गाउँपालिकाले आफ्नै लगानीमा यहाँ पानी पु¥याउने योजना अनुसार निर्माण सुरु गरेको हो’, अध्यक्ष पाण्डेले भने, ‘आउँदो असार मसान्त अगाबै पानी घरघरमा पु¥याउने योजना छ ।’
पम्पिङ खानेपानी आयोजनाले गाउँभरि पानी पुग्ने वडा अध्यक्ष भट्टराई बताउँछन् । ‘कुवा र गाउँभरिका लागि दुई/चारवटा धारामा आलोपालो पानी भर्नुपर्ने बाध्यता यो आयोजनाले हटाउँछ’ उनले भने

। बैशाख भित्र घरघरमा पानी पु¥याउने लक्ष्य रहेको उनले बताए ।
खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष डिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष पाण्डे, उपाध्यक्ष बिनु वाग्ले, प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापा, वडा अध्यक्ष नारायण भट्टराई लगायतले आयोजना छिटो सम्पन्न गर्न उपभोक्तालाई सुझाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्