
फिनामको नबदुर्गाका २२ जना विद्यार्थीलाई छात्रवृत्ति बितरण
गोरखा नगरपालिका वडा नम्बर ४ फिनामको नबदुर्गा आधारभुत विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति बितरण गरिएको छ ।
स्थानीय लालप्रसाद भट्टराईले आफ्नो बुबा आमा स्वर्गीय रघुनाथ भट्टराई एवं जौमाया भट्टराईको सम्झनामा विद्यालयमा ६० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए ।
उक्त अक्षयकोषबाट प्राप्त ब्याजले बुधवार २२ जना विद्यार्थीलाई छात्रवृत्ति बितरण गरिएको विद्यालयले जनाएको छ ।
सोही अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री पनि बितरण गरिएको छ । वडा सदस्य जमिल मियाँको प्रमुख आतिथ्यता र अक्षयकोषका संस्थापक भट्टराइको उपस्थितिमा छात्रवृत्ति बितरण गरिएको हो ।




