
साबिक एमालेका गोरखा जिल्लास्तरका नेता को कता ?
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) आन्तरिक द्वन्द्वपछि दुई समूहमा विभाजित भएपछि जिल्ला तहमा नेतृत्व गरिरहेकाहरु पनि विभाजित भएका छन् । विशेष गरी मंगलबार केन्द्रमा दुई छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बसेपछिको प्रभावस्वरुप जिल्ला तहमा पनि स्पष्ट कित्ताकाट भएका छन् ।
साविक एमाओवादीका नेता, कार्यकर्ता एकमुष्ठ प्रचण्ड–नेपाल समूहमा छन् । ओली समूहले जिल्लाका सात नेतालाई आफ्नो केन्द्रीय समितिमा समेटेको छ । गोरखा नगरपालिका ३, घलाङ एउटै गाउँका चार जनासहित सातजनालाई केन्द्रीय समितिमा समेटेको हो । मन्त्री रामशरण बस्नेत, यादव बस्नेत, सम्झना देवकोटा र कमल दानीलाई सो समूहले केन्द्रीय समितिमा समेटेको हो । प्रेम गुरुङ, बाबुराम थापा, सुरेन्द्र थापा र कृष्ण नेपाली पनि सो समूहको केन्द्रीय समितिमा समेटिएका हुन् ।
त्यस्तै ओली समूहमा देवराज श्रेष्ठ, सुमन श्रेष्ठ, लेवेन्द्र गुरुङ, कृष्ण काप्री, खिलबहादुर राना, पार्वती पाठक, कृष्णप्रसाद ढकाल, बिराज गुरुङ, मनोज जोशी, रामकुमार जोशी, भीम धमला, टिका नारायण श्रेष्ठ, मोहन भट्टराई, सुरेश श्रेष्ठ, वुद्धि दवाडी, सन्तबहादुर नेपाली, नारायणध्वज खड्का, टेकराज भट्ट, बकबहादुर लामा, शेरबहादुर गुरुङ, कमानसिङ गुरुङ, सुकबहादु गुरुङ, विष्णु पन्त, धर्मजंग थापा, लोप्साङ लामा, मिना बराम, अमृत काराखेती, ओमबहादुर बराकोटी, सुशीला न्यौपाने, टिकाराम नेपाली, चन्द्र भुजेल, गुणबहादुर भुजेल, रेवती ढकाल, ज्ञानराज गुरुङ, शेखरनाथ न्यौपाने, गिरीधारी सापकोटा, कृष्णबहादुर कुँवर, काजीराम रोका, धनबहादुर बिक, नानुमाया थापा, शिशिर पोखरेल तोपमान श्रेष्ठ पनि सोही समूहमा रहेका नवनियुक्त केन्द्रीय सदस्य कृष्ण नेपालीले जानकारी दिए ।
त्यस्तै प्रचण्ड–नेपाल समूहमा गोरखाबाट नेतृत्व गर्ने साविक एमालेका नेताहरुमा विश्वेश्वर कट्टेल, हरि काफ्ले, दिनेशचन्द्र देवकोटा, बिकलकुमार श्रेष्ठ, नारायणध्वज खड्का, इश्वरी भट्ट, सानुमाया बस्नेत, कल्पना कुँवर, जुद्धविलास भण्डारी रहेको नगरकमिटी अध्यक्ष विश्वेश्वर कट्टेलले जानकारी दिए ।




