| आइतवार, कार्तिक २२, २०८३

बूढीगण्डकी आयोजनाले ३३ अर्व १३ करोड रुपैयाँ मुआब्जा बाँड्यो

राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको बूढीगण्डकी जलविद्युत आयोजनाले हालसम्म ३३ अर्व १३ करोड रुपैयाँ मुआब्जा बितरण गरेको छ ।
वतावरण मुआब्जा बितरण, पुनर्वास तथा पुनस्र्थापना इकाई कार्यालयले गोरखा तर्फ १६ अर्ब ७२ करोड र धादिङतर्फ १६ अर्ब ४० करोड रुपैयाँ बितरण गरिसकेको जनाएको छ ।
‘गोरखामा २३ हजार छ सय ९९ र धादिङ तर्फ २४ हजार चार सय ९६ रोपनी जग्गाको मुआब्जा बितरण गरिएको छ’ इकाई प्रमुख कृष्णबहादुर कार्कीले भने ।
गोरखातर्फ अहिलेसम्म १० हजार छ सय १७ घरगोठ, संरचनाको लगत संकलन गरिएको छ । धादिङतर्फ १० हजार नौ सय ९२ घर, गोठ, टहरा लगायतका संरचना रहेको आयोजना कार्यालयले जनाएको छ ।

यी मध्ये धादिङ तर्फ ९९ वटा र गोरखातर्फ एक सय ९४ घर टहरा ऐलानी जग्गामा रहेका छन् । ‘केही छुटेका घरको लगत लिन बाँकी छ’ इकाईका सुचना अधिकारी इन्जिनियर रितेश रावलले भने ।
धादिङ तर्फ एक लाख १२ हजार फलफूल र एक लाख ८५ हजार बोट बिरुवा डुबानमा पर्नेछ । गोरखातर्फ एक लाख २० हजार फलपूmल र एक लाख ७४ हजार अन्य बोटबिरुवा ब्यक्तिको रहेको आयोजनाले तथ्याङ्क लिएको छ ।

बोटबिरुवाको लगत लिन गोरखाको आरुघाट बजार क्षेत्रमा भने केही बाँकी रहेकाले अझै थपिने सूचना अधिकारी रावलले बताए ।
दुई खर्ब ६० अर्व रुपैयाँको लागत अनुमान गरिएको आयोजनाले मुआब्जा बिरतण २०७३ बाट सुरु गरेको थियो । तर अझै सकिएको छैन । घरगोठको ह्रासकट्टी गर्ने नगर्ने यकिन नहुँदा मुआब्जा बितरणमा ढिलाई भएको इकाई प्रमुख कार्कीले बताए ।

‘बोटबिरुवार फलपूmलको मुआब्जा तोक्न धादिङ गोरखाको वन डिभिजन र कृषि ज्ञान केन्द्रलाई अनुरोध गरेका छौँ’ उनले भने । ती कार्यालयले दिएको सुझावका आधारमा मुआब्जा रकम निर्धारण हुनेछ ।
पुनर्वास तथा पुनस्र्थापना संम्बन्धी नीति स्वीकृत नहुनु, फिल्डबुकमा कायम भएका तर पुर्जा नभएका जग्गाधनीलाई मुआब्जा दिने÷नदिने निर्णय नहुँदा आयोजनाको कामले गति लिन सकेको छैन । ‘आयोजनाको मोडालिटी तयार नहुँदा यी समस्या समाधान गर्न सकेका छैनौँ’ इकाई प्रमुख कार्कीले भने ‘नीतिगत निर्णयले बाटो नखोल्दा काम ढिला भएको छ ।’

प्रतिक्रिया दिनुहोस्