| आइतवार, कार्तिक २२, २०८३

ओली पक्षको केन्द्रिय कमिटिमा गोरखाका ७ जना


नेपाल कम्यूनिष्ट पार्टीको वली समुहको मंगलवार बालुवाटारमा बसेको बैठकले गोरखाका सात जनालाई केन्द्रिय सदस्यमा मनोनित गरेको छ ।

पाँच सय ५६ जना नयाँ केन्द्रिय सदस्य थपिएको मध्ये गोरखाबाट पूर्व एमाले खेमा भित्रका पनि ओली निकटका पाँच जना रहेका छन् ।


सम्झना देवकोटा, प्रेम गुरुङ, कृष्ण नेपाली, सुरेन्द्र थापा, यादब बस्नेत, कमल दानी र बाबुराम थापा केन्द्रिय सदस्यमा मनोनित भएका हुन् । यस अघि नै केन्द्रिय समिति सदस्य रहेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेत पनि ओली खेमाका हुन् ।

प्रतिक्रिया दिनुहोस्