| सोमवार, कार्तिक २३, २०८३

ताक्लुङमा कांग्रेसको अगुवा कार्यकर्ता प्रशिक्षण

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ५ ताक्लुङमा नेपाली कांग्रेस गोरखाले सोमवार अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरेको छ ।

संगठन सुदृढिकरण, बर्तामान राजनीतिक अवस्था, नेपाली कांग्रेसको भुमिका लगायतको बारेमा प्रशिक्षण दिइएको कांग्रेस गोरखाका सचिव नन्दप्रसाद न्यौपानेले बताए ।

नेपाली कांग्रेसका वडा संयोजक रितबहादुर थापाको अध्यक्षयतामा भएको कार्यक्रममा प्रमुख अथिति नेपाली कांग्रेस पार्टी सभापति हरिबहादुर घले, सचिव नन्दप्रसाद न्यौपाने, कोषाध्क्षय कृष्णबहादुर आले, सहसचिव नारायण लामिछाने, पाटी परामर्श समिति सदस्य काशिनाथ अंगाई, क्षेत्र नम्बर १ सदस्य शरण श्रेष्ठ, तरुण दल जिल्ला अध्यक्षय आनन्द गुरुङ, तरुण दलका क्षेत्रीय सभापति प्रबिण बस्नेत लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्