| सोमवार, कार्तिक २३, २०८३

प्रधानमन्त्रीको कदम बिरुद्ध नेविसंघ गोरखाद्वारा राँके जुलुस


प्रधानमन्त्री केपी ओलीले आईतवार संसद बिघटन गरेपछि आन्दोलित बनेको नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सोमबार साँझ गोरखामा राँके जुलुस प्रर्दशन गरेको छ ।
नेविसंघका नेता कार्यकर्ताले कांग्रेस पार्टी कार्यालय तिनधारे देखि गोरखा सदरमुकामको हरमटारीसम्म राँके जुलुस प्रर्दशन गरेका हुन ।
प्रधानमन्त्रीको असंवैधानिक कदमबिरुद्ध नेविसंघले देशब्यापी आन्दोलन गरिरहेको नेविसंघका जिल्ला अध्यक्ष सुबास अधिकारीले बताए । नेविसंघका नेता कार्यकर्ताले सरकार बिरुद्ध नाराबाजी गर्दै कार्यशैलीको चर्को आलोचना समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्