
ओली कदमको गोरखामा बिरोध
प्रतिनिधिसभा भङ्ग गरेर नयाँ चुनावमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको गोरखामा विरोध गरिएको छ । पूर्व माओवादीका युवा कार्यकर्ताहरुले आइतबार दिउसो तीनबजे गोरखा सदरमुकामको हरमटारीचोकमा नारा जुलुससहित विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले प्रधानमन्त्री ओलीको कदमलाई ‘प्रतिगामी’ को आरोप लगाउँदै बिरोध गरेका थिए । युवा संघका गोरखा संयोजक अशोक भट्ट, विद्यार्थी संगठनका अध्यक्ष सञ्जिव थापा नेतृत्वको सो टोलीले संसद विघटनको निर्णय खारेज गर, प्रतिगमन मुर्दावाद, गणतन्त्र नेपाल जिन्दावादलगायतका नारा लगाएका थिए ।




