| सोमवार, कार्तिक २३, २०८३

पुन निर्माणको अवस्थाबारे ट्रान्सपरेन्सी इन्टरनेशनलको छलफल


दरौँदी : गोरखाका सरकारी तथा गैरसरकाी सँस्थाले गरेका कार्यक्रमहरुको पारिदर्शिताका सन्दर्भमा ट्रान्सप रेन्सी इन्टरनेशनल नेपाल गोरखा र गोरखाका पत्रकारहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

भुकम्पको केन्द्रबिन्दु जिल्ला गोरखाको पुन निर्माणको अवस्था, सदाचार लगायतका बारेमा शुक्रवार बिरेनचोक होमस्टेमा छलफल भएको हो । ‘भुकम्प पछिको पुन निर्माण र पुन निर्माणमा सदाचार’ कार्यक्रम संचालन भएको गोरखामा परियोजनाको अवधी सकिएको जिल्ला संयोजक कमला रानाले बताईन् ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले गोरखाका सरकारी कार्यालयहरुमा नागरिक बडापत्र, सुचना पाटी, सुचना अधिकारी, निर्माण स्थलमा होर्डिङ बोर्ड, नियमित सार्वजनिक सुनुवाई, संचार माध्याम मार्फत प्रचार प्रसार भए नभएको बारे जानकारी लिएको थियो । कतिपय कार्यालय ले भने नियमित गर्नुपर्ने काम पूरा नगरेका बिषयमा अन्तरक्रियामा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्