
नेपाल रेडक्रस ताप्ले उपशाखाको बाह्रौँ साधारण सभा सम्पन्न
नेपाल रेडक्रस ताप्ले उपशाखाको बाह्रौँ साधारण सभा सम्पन्न भएको छ । उपशाखाका सभापति टीका बोगटीको अध्यक्षता तथा नेपाल रेडक्रस गोरखा शाखाका सदस्य तथा संगठन प्रमुख रहमतुल्ला मियाँको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको उपशाखाका सचिव कुमार बानियाँले जानकारी दिए ।
सभामा प्रमुख अतिथि मियाँ, अध्यक्षता बोगटी, सचिव बानियाँ, नेकपा गोरखा नगरपालिका वडा नं. २ का अध्यक्ष होमबहादुर अधिकारी, नेपाली कांग्रेसका वडा सभापति खिलबहादुर थापा, रेडक्रसका आजीवन सदस्य कलाधर भट्ट लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
सभामा सचिव बानियाँ र कोषाध्यक्ष शान्ति श्रेष्ठको प्रतिवेदन सर्वसम्मत अनुमोदन भएको थियो । साथै रेडक्रसका आजीवन सदस्य वृद्धि गर्नेलगायतका निणर्य भएको सचिव बानियाँले जानकारी दिए ।




