
जंगलमा आगो लगाएको अरोपमा एक जना पक्राउ
धार्चे गाउँपालिका ३ उहियाको जंगलमा आगो लगाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
टेलिकमको टावर नजिकैको जंगलमा आगो लगाइएको भन्दै स्थानीय २३ वर्षका गोपाल सुनारलाई प्रहरीले पक्राउ गरेको हो । माछाखोलाबाट खटिएका प्रहरीले पक्राउ गरेको बताइएको छ ।




