| आइतवार, कार्तिक २२, २०८३

सिटिजन लाइफ इन्स्योरेन्स गोरखाद्वारा दावी रकम प्रदान

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गोरखा शाखाले मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । गोरखा नगरपालिका ८ का ३८ बर्षिय मेख बहादुर उपरकोटीको गत असोजमा कालगतिले मृत्यु भएको थियो ।

उनको बुवा सोमे सार्कीले मंसिर १२ गते दाबी प्रकृयाको लागि सम्पूर्ण कागजात पुरा गरि कम्पनीमा निवेदन दिएपछि शुक्रवार गोरखा नगरपालिका ८ आहाले बजारमा आयोजित एक कार्यक्रम गरि उक्त रकम हकवालालाई प्रदान गरिएको गोरखा शाखाका प्रबन्धक हरिहर आचार्यले बताए ।


। मृतक मेख बहादुरले गत बर्ष मंसिरमा २ लाखको जीबन बीमा गरेका थिए भने प्रथम बिमा शुल्क बापत १३ हजार बुझाएको कम्पनीले जनाएको छ ।
रकम हस्तान्तरण कार्यक्रममा गोरखा शाखाका शाखा प्रबन्धक हरिहर आचार्य, गोरखा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष कृष्णबहादुर केसी, वडा सदस्य कल्पना नेपाली, समाजसेवी लेख बहादुर थापा मगर, एजेन्सि मेनेजर रबिन्द्र पन्त, सुमित्रा श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा वडा अध्यक्ष राम बहादुर खत्रीले दुःख पर्दा बीमाले घरैमा आएर रकम प्रदान गर्ने भएकोले सबै नेपालीले आफुले सकेको जीवन बीमा गर्दा फाईदा हुने बताए ।
सिटिजन लाइफ इन्स्योरेन्सका शाखा प्रबन्धक हरिहर आचार्यले, स्वर्गिय व्यक्तप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, आफु हुंदा आफुलाई यदि आफु नरहे आश्रित परिवारको लागि बीमाको ठुलो महत्व रहेको बताए ।

यस अघिपनि सिटिजन लाइफ इन्स्योरेन्सले यस्तै पिडामा परेकालाई सहयोग गर्दै आएको उनले बताए । उक्त दावी चेक वडा अध्यक्ष कृष्ण बहादुर केसि, शाखा प्रबन्धक हरिहर आचार्य, समाजसेवी लेख बहादुर थापा मगर ले संयुक्त रुपमा मृतकका बुवा सोमे सार्किलाइ हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्