| आइतवार, कार्तिक २२, २०८३

पहिलो पटक भेस्पा र एप्रिलाको स्वरुम आँबुखैरेनीमा

गोरखा बजारमा पहिलो पटक भेस्पा र एप्रिलाको स्कुटर बिक्रीमा ल्याएको निलभ अटो टे«डर्सले तनहुँको आँबुखैरेनीबाट पनि बिक्री सुरु गरेको छ ।

गोरखामा छोटो समयमा धेरै स्कुटर बिक्री गर्न सफल भएको ट्रेडर्सले बिहिवारदेखि आँबुखैरेनी शाखा सुरु गरेको संचालक निरञ्जन कट्टेलले बताए ।
दुई लाख ४५ हजार रुपैयाँदेखि तीन लाख ९६ हजार रुपैयाँसम्मका १२५ देखि १५० सिसि क्षमताको स्कुटर बिक्री गर्ने संचालक कट्टेलले बताए ।

विशेषगरी स्तरीय स्कूटी चढ्न चाहने युवतीहरुको रोजाईमा पर्ने भेस्पा र एप्रिलाले आँबुखैरेनीमा पनि ग्राहकको मन जित्ने अपेक्षा लिइएको उनले बताए ।

आँबुखैरेनीमा पेट्रोलपम्प नजिकै सोरुम संचालनमा छ । छिट्टै आँबुखैरेनीमा सर्भिस सेन्टर पनि संचालनमा ल्याउने संचालक कट्टेलले बताए । ‘अहिले राईडर ज्याकेट सहितको अफर छ’ उनले भने ‘ग्राहकको सुविधा र मागलाई ध्यान दिँदै स्वरुम संचालनमा ल्याएका हौँ ।’

गोरखामा सोरुम संचालन भएको तीन महिनामा एक सय वटा स्कुटर ट्रेडर्स बिक्री गरेको जनाएको छ । ‘आशा छ आँबुखैरेनीमा पनि हामी धेरै बिक्री गर्न सक्छौँ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्