
आँबुखैरेनीका अभियान श्रेष्ठद्वारा विद्यार्थीलाई न्यानो लुगा बितरण
तनहुँको आँबुखैरेनीका युवा ब्यवशायी तथा तरुण दलका अभियान श्रेष्ठले विद्यार्थीहरुलाई न्यानो लुगा बितरण गरेका छन् ।
श्रेष्ठले रामशाह माध्यामिक विद्यालयका एक सय १४ जना विद्यार्थीलाई बुधवार एक कार्यक्रमका बिच सुईटर बितरण गरेका विद्यालयका प्रधानाध्यापक प्रेमराज लामिछानेले बताए ।
आफ्नो आमाको आग्रहमा उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म पढ्ने बिपन्न समुदायका विद्यार्थीलाई सहयोग गरेको दाता श्रेष्ठले बताए ।
चिसोको समयमा विद्यार्थीलाई न्यानो होस् भन्ने उद्देश्यले ६० हजार रुपैयाँ खर्चेर स्विटर सहयोग गरेको श्रेष्ठले बताए ।




