| सोमवार, कार्तिक २३, २०८३

राजसंस्था ल्याउन भन्दै गोरखामा राप्रपाको प्रर्दशन

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राजसंस्था ल्याउन भन्दै गोरखा सदरमुकाममा आज प्रर्दशन गरेको छ । जिल्ला कार्य समिति गोरखाको आयोजना भएको प्रर्दशनमा राप्रपाका नेता कार्यकर्ता सहभागी थिए । गोरखा सदरमुकामको हरमटारीबाट सुरु भएको बजागाजा सहितको र्‍याली बसपार्क हुँदै पुन फर्किएको कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई संवोधन गर्दै राप्रपाका नेता एवं नागरिक अगुवा सुरेन्द्र भण्डारीले गणतन्त्रको अन्त्य गरी राजसंस्था ल्याउन राप्रपाले आन्दोलन गरेको बताए । साथै उनले संघियताले देशलाई ध्वस्त बनाएको बताउँदै भने ‘हाम्रो आम्दानी दैनिक एक सय छ, संघियता धान्न एक सय २६ खर्च हुन्छ, हाम्रो स्रोत सधान छैन, संघियता धान्न सकिँदैन, त्यसैले खारेजीको माग गर्छौँ ।’ संघियताका कारण भष्ट्राचार बढेको, बजेटको २० प्रतिशत मात्रै खर्च भएको बताउँदै उनले यो ब्यवस्था नेपालका लागि ठिक नभएको दावी गरे ।

सिङ्गो देस र आम नागरिकलाई न्याय दिलाउन भष्ट्राचारीलाई कानुनी दायरामा ल्याउन अहिलेको ब्यवस्था समाप्त नहुँदा सम्म राप्रपाले आन्दोलन गरिरहेन अधिवक्ता समेत रहेका भण्डारीले बताए । न्याय नपाए गोरखा जानु भन्ने भनाई उल्लेख गर्दै उनले अब गोरखाबाट राजसंस्था पुर्नस्थापना र संघियता खारेजीका लागि सबै जनता जागरुक हुनुपर्ने उनको भनाई थियो । कार्यक्रममा राप्रपाका जिल्ला संयोजक बिष्णुहरी अर्यालले राजा ल्याएर राजसंस्था ब्यूँताउनु आन्दोलनको मूख्य ऐजेण्डा भएको तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्