| सोमवार, कार्तिक २३, २०८३

गोरखा बौद्ध समाजको अध्यक्षमा गोपाल गुरुङ

गोरखा बौद्ध समाजको अध्यक्षमा गोपाल गुरुङ चयन भएका छन् । शनिवार भएको ११ औँ वार्षिक साधारण सभा तथा चौँथो अधिवेशनले ११ सदस्यिय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । समाजको उपाध्यक्षमा पाकुली तमाङ, सचिव मिलन राना मगर, कोषाध्यक्ष सरस्वती गुरुङ, लगायत अन्य सदस्यहरु छन् ।

निर्वतमान अध्यक्ष बिष्णुबहादुर थापा मगरको अध्यक्षता एवं संस्थापक अध्यक्ष मोहनरत्न शाक्यको प्रमुख आथित्यतामा भएको कार्यक्रममा जनजाती महासंघका जिल्ला अध्यक्ष विष्णु राना मगर, अधिबक्ता स्थानेश्वर दुवाडी, मानवअधिकारकर्मी यदु अधिकारी, तमु ह्यूला छोँजधी गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रामबहादुर गुरुङ, जनजाती युवा महासंघका अध्यक्ष दिनेश तमु, वडा सदस्य टेकबहादुर थापा मगर लगायतले धारणा राखेका थिए ।

कार्यक्रम सुरु हुन अघि गुरु लामाले त्रिशरण सहित पञ्चशिल सहभागीलाई प्रदान गरेका थिए भने बौद्ध पुजा समेत गरिएको थियो । साधारण सभामा सचिव नानुमाया थापा मगरले सांगठनीक र कोषाध्यक्ष तिलकुमारी गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिबेदन सर्वसम्मत पारित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्