| सोमवार, कार्तिक २३, २०८३

गुडिरहेको यात्रुबाहक बसमा आगलागी

दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । 

बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो । 

मानवीय क्षति भने नभएकोप्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए । 

आज बिहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ  । गाडीमा १५/१६ जना यात्रु भएको प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्