
बिदा २ दिन उपयुक्त
पर्यटन मन्त्रालयलले सार्वजनिक बिदा हप्तामा २ दिन दिने गरी प्रारम्भिक निष्कर्ष निकालेको छ।
सार्वजनिक बिदा हप्तामा २ दिन गर्ने सम्बन्धमा गठित समितिले २ दिन उपयुक्त हुने निष्कर्षसहित प्रारम्भिक मस्यौदा तयार पारेको पर्यटन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिए।

भट्टराईको संयोजकत्वमा करिब २ महिनाअघि गठित समितिले बिदा २ दिन हुँदा कार्यदक्षता बढ्नुका साथै उत्पादकत्व पनि बढ्न जाने र खर्च कटौतीमा योगदान दिने भनिएको छ।
प्रतिवेदनमा भनिएको छ, ‘विविध पक्षमा गरिएको विश्लेषणबाट हप्तामा २ दिन बिदा कायम गर्दा आर्थिक रुपले कर्मचारी र कार्यालय तथा संस्थाको उत्पादनकत्व वृद्धि हुने, सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटकीय दृष्टिकोणले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग हुनेछ।’




