
सार्वजनिक यातायातमा हुने हिंसाबिरुद्ध प्रहरी सचेतना
सार्वजनिक यातायातमा हुने हिंसा बिरुद्ध गोरखा प्रहरीले सचेतना कार्यक्रम गरेको छ । बिहिवार गोरखा सदरमुकाममा प्रहरीले प्लेकार्ड सहित कार्यक्रम गरेको हो ।
महिला बिरुद्ध हुने हिंसा, दुब्र्य वहार, लैङ्गिक हिंसा भएमा जानकारी गराउन, सहेर नबस्न, उजुरी गर्न प्रहरीले सर्वसाधारणलाई आह्वान गरेको छ । सार्वजनिक सवारी साधनमा त्यस्ता हिंसा हुन नदिन चालक सहचालक र सचेत रहन सर्वसाधारणलाई चेतना जगाउने उद्देश्यले कार्यक्रम गरिएको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।
सार्वजनिक सवारी साधनमा जेष्ठ नागरिक, महिला, अपाङ्ग, अशक्तलाई सिट आरक्षणको ब्यवस्था गर्न गराउन समेत अनुरोध गरिएको उनले बताए । कार्यक्रममा नागरिक समाज, सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरुको पनि सहभागीता रहेको थियो ।




