| सोमवार, कार्तिक २३, २०८३

शुक्रवारदेखि गोरखाका सबै धार्मीक स्थल खुल्ला

कोरोना प्रभावका कारण बन्द रहेको गोरखाका सबै धार्मीक स्थल शुक्रवारदेखि खुल्ने भएको छ । कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बिहिवारको बैठकले सुरक्षाका मापदण्ड पुरा गरी मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्च लगायतका धार्मीक स्थल खोल्न पाउने निर्णय गरेको हो ।


यो निर्णय सँगै गोरखाको प्रसिद्ध धार्मीक स्थल गोरखकाली, गोरखान मन्दिर, मनकामना मन्दिर, बिभिन्न ठाउँका मस्जिद, गुम्बा खुल्ने भएका हुन् । लामो समय देखि यी ठाउँ भक्तजनको लागि प्रतिबन्ध थियो ।

धार्मीक स्थल संचालन गर्न, गराउन बिभिन्न स्तरबाट माग भई आएकाले नेपाल सरकारले तोकेको सुरक्षाको मापदण्ड पालना गरेर खोल्न पाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।
साथै बैठकले सार्वजनीक यातायात, ब्यापार ब्यवशाय संचालन गर्न आवश्यक सुरक्षाको मापदण्ड पूर्ण रुपमा कार्यन्वयन नगरेको निश्कर्ष निकालेको छ । तत्काल पूर्ण रुपमा सुरक्षाको मापदण्ड पालना गर्न गराउन पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्