| सोमवार, कार्तिक २३, २०८३

गोरखा जेसिजको अध्यक्षमा बस्नेत

गोरखा जेसिज गोरखाको अध्यक्षमा प्रविण बस्नेत चयन भएका छन् । बिहिवार भएको ४० औँ अधिवेशन तथा साधारण सभाले वर्ष २०२१ का लागि बस्नेतको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको कार्यकारी उपाध्यक्ष शिवहरी तिमल्सिना, अश्बिन ढुङ्गाना, सह सचिव दिपक थापा, उपाध्यक्षहरु बिपिन पोखरेल, समिरजंग कुँवर, मनोज बस्नेत, ऋषि श्रेष्ठ रहेका छन् ।


२५ सदस्यिय समितिमा महासचिव, कोषाध्यक्ष, सल्हाकार, बिभिन्न क्षेत्रका संयोजक लगायतका अन्य पदमा भने नव निर्वाचित समितिले साधारण सदस्यबाट मनोनित गर्ने अध्यक्ष बस्नेतले बताए । ‘पुस २७ गते नयाँ समितिलाई पदस्थापन हुनु अघि हामीले मनोनित गरिसक्छौँ’ अध्यक्ष बस्नेतले भने ।

वर्ष २०२१ मा आफुले गोरखा जेसिजको निर्माणाधिन भबन पुरा गर्ने लक्ष्य लिएको उनले बताए । ‘निमार्णाधिन भबन पुरा गर्ने योजना बनाएको छु, साथै जेसिजको सामाजिक उत्तरदायित्व र नेतृत्व बिकासको कामलाई पनि शसक्त रुपमा अघि बढाउने चाहना छ’ उनले भने ।
गोरखा जेसिज वर्ष २०२० का अध्यक्ष सुबास मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति वर्ष १९८३ का अध्यक्ष धिरजबहादुर मास्के, २००९ का अध्यक्ष भगवानबाबु मास्के लगायतले नयाँ समितिलाई शुभकामना ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्