
मानव अधिकार दिवसको अवसरमा दीप प्रज्वलन
७२ औ राष्ट्रिय मानव अधिकार दिवसको पूर्व सन्ध्यामा गोरखा बसपार्कमा दीप प्रज्वलन गरिएको छ । नेपाल मानव अधिकार संगठन जिल्ला शाखा गोरखा र महिला मानव अधिकार रक्षक सञ्जाल जिल्ला शाखा गोरखाको संयुक्त आयोजनामा वुधवार साँझ दीप प्रज्वलन गरिएको हो ।
कोरोनाबाट मुक्ति, शान्ति, सामाजिक सद्भाव र राजनीतिक स्थिरताको कामना गर्दै दीप प्रज्वलन गरिएको संगठनका अध्यक्ष दिलबहादुर बस्नेतले बताए ।
संगठनका जिल्ला शाखा गोरखाका अध्यक्ष दिलबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ, मानव अधिकारकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।




