| सोमवार, कार्तिक २३, २०८३

पालुङ्टार ९ मा तरुण दल गठन


नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलको पालुङटार नगरपालिका वडा नम्वर ९ को इकाइ समिति गठन भएको छ । वुधवार सम्पन्न भएको भेलाले सिजन तामाङको अध्यक्षतामा २१ सदस्यीय समित गठन गरेको हो ।


जसको उपाध्यक्षमा उपदेश बर्देवा, सचिव दानबहादुर पन्त, सहसचिव भरतबहादुर कुमाल, कोषाध्यक्षमा रिता तामाङ र सहकोषाध्यक्षमा इन्द्र तामाङ चयन भएको पालुङ्टार ९ का वडाअध्यक्ष भेजराज पाण्डेले जानकारी दिए ।

नेपाली कांग्रेस पानपा–९ का पार्टी सभापति तेजबहादुर थापाको अध्यक्षता तथा पालुङटार नगरपालिका मेयर दिपकबाबु कडेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा वडा अध्यक्ष तथा कांग्रेसका जिल्ला सदस्य पाण्डे, अर्का जिल्ला सदस्य बलराम खड्का, महिला संघकी पूर्व जिल्ला अध्यक्ष रविकला खनाल, दलित संघका केन्द्रीय सदस्य इश्वर परियार, सांस्कृतिक संघका जिल्ला अध्यक्ष अमर धिताल, नेविसंघका नगर अध्यक्ष अनिस थपलिया, तरुण दलका कार्यबाहक अध्यक्ष रोशन थापा लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्