
ताङलिचोकमा उद्यमशिलता विकास तालिम सुरु
दरौँदी :घरेलु तथा साना उद्योग विकास कार्यालय गोरखाले उद्यमशिलता विकास तालिम सुरु गरेको छ । गण्डकी गाउँपालिका वडा न २ ताङलिचोकमा मंसिर २३ गतेदेखि १० दिने तालिम सुरु भएको हो ।
उद्यमशिलता विकास तालिम अन्र्तगत व्यवसाय गर्ने तरिका, व्यवसाय सुरुवात गर्ने तरिका, व्यवसायबाट नाफा आर्जन गर्ने तरिका, योजना बनाउने तरिका जस्ता कामहरु सिकाइने घरेलु तथा साना उद्योग विकास कार्यालय गोरखाका प्रमुख दिनेश पौडेलले जानकारी दिए । सो तालिम लिएपछि मात्र अरु सिपमुलक तलिमहरु लिन मिल्ने पनि उनले बताए ।
स्थानीयतहसँग समन्वय गरेर माग अनुसार उद्यमशिलता तथा सिपमुलक तालिमहरु अरु विभिन्न ठाँउमा पनि सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए ।
सिप नलिएका तथा कोभिड १९ का कारण बहिरबाट आएका र बेरोजगार अवस्थामा रहेका मानिसहरुलाई गाउँगाउँमा नै रोजगार बनाउने हेतुले सुरु गरिएको उनले बताए ।
जिल्ला समन्वय प्रमुख अशोक गुरुङ प्रमुख अतिथि, त्यसै वडाका अध्यक्ष देव बहादुर गुरुङ विशिष्ट आतिथ्यतामा र समाजसेवी दीपबहादुर गुरुङको उपस्थितिमा कार्यक्रम सुरु भएको छ । सिप सिकौँ रोजगार बनाँै भन्ने उद्देश्यका साथ सुरु गरिएको तालिममा प्रशिक्षक सहजकर्ता प्रेम बहादुर महत रहेका छन् ।
सो तालिममा महिला ८ जना र पुरुष १२ जना गरी २० जना सहभागी रहेका छन् ।




