
चिकित्सक श्रेष्ठलाई कारबाही गर्न नेविसंघको माग
गोरखा अस्पतालमा सुत्केरी र सुत्केरीका कुरुवाप्रति चिकित्सकले गरेको दुव्र्यबहारको नेपाल विद्यार्थी संघ, गोरखाले बिरोध जनाएको छ । सुत्केरी गोरखा नगरपालिका ३ की सृष्टि बानियाँ कुँबर र उनका श्रीमान देवेन्द्रजंग कुँबरप्रति अस्पतालका चिकित्सक सन्दीप श्रेष्ठले दुव्र्यबहार गरेको भन्दै नेविसंघले विज्ञप्ति जारी गरी विरोध गरेको हो ।
बिज्ञप्तिमा नेविसंघले डाक्टर श्रेष्ठप्रति कडा कारबाहीको माग गरेको छ । साथै कारबाही नगर्ने कडा आन्दोलन गर्ने र त्यसको जिम्मेवारी अस्पताल प्रशासनले लिनुपर्ने संघका अध्यक्ष सुवास अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
साथै सोही विज्ञप्तिमा नेविसंघले सिरानचोक गाउँपालिका ४ चोरकाटेमा विद्युत पोलमा करेण्ट लागेर एक सर्भेयरको निधन भएको घटनाप्रति पनि बिरोध गरेको छ । विज्ञप्तिमा मृतकका आफन्तलाई उचित राहतको व्यवस्था गरिदिन र त्यस्ता घटना दोहोरिन नदिन पनि सचेत गराइएको छ ।





