| सोमवार, कार्तिक २३, २०८३

करेण्ट लागेर चोरकाटेमा एक युवाको मृत्यू


गोरखा : करेण्ट लागेर एकजना सर्भेयरको निधन भएको छ । सिरानचोक गाउँपालिका ४ चोरकाटेमा शुक्रबार दिउसो साँढे चारबजे विद्युत पोलको करेण्ट लागेर हेटौँडा उपमहानगरपालिका १७ का २४ बर्षीय रोशन मगरको निधन भएको प्रहरीले जनाएको छ ।


घाइते मगरलाई उपचारका लागि गोरखा अस्पतालमा पु¥याएपछि मृत घोषणा गरिएको डिएसपी बासुदेव खतिवडाले जानकारी दिए ।

मध्यपहाडी लोकमार्गको सर्भे गर्ने कर्मचारीले ११ केभी प्रशारण लाइनको विद्युत पोलमा पोलमा चेनेज लेख्ने क्रममा करेण्ट लागेको विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानले जानकारी दिए ।


विद्युत प्रशारण लाइनको इन्सुलेटर पञ्चर भएर पोलमा विद्युत प्रबाह भएको हुनसक्ने उनले अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्