| सोमवार, कार्तिक २३, २०८३

हिंसामा परेकालाई न्याय दिलाउन अधिकारकर्मीको भुमिका महत्वपूर्ण

पिडितलाई न्यायको दिलाउन अधिकारकर्मी र नागरिक अगुवाको भूमिका महत्वपुर्ण हुने गोरखामा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखरा र अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा भएको जातिय विभेद र कोभिड–१९ का कारण महिलामा परेको असर विषय अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले कानुन कार्यन्वयन गर्ने तहलाई खवरदारीका लागि नागरिक अगुवाले भूमिका खेल्नुपर्ने बताएका हुन् ।

पछिल्लो समय जनचेतनाकै कारण महिला हिंसाका घटना वाहिरिने क्रम वढेको महिला मानव अधिकार रक्षक सञ्जालकी जिल्ला संयोजक सावित्रि भट्टले बताईन ।

कानुन कार्यन्वयन तहको फितलो कारवाहिले केहि घटनाका चुकेको देखिने उनको भनाई छ । लैङ्गीक हिंसा महिला पुरुष दुवैमा रहेको स्वास्थ्य कार्यालयका गोरखाका सुचना अधिकारी राजु रमण न्यौपानले बताए । कोभिड–१९ ले महिलाहरुलाई झनै पिडित वनाएको पद्वति विकास सेवा केन्द्रकि प्रमुख कमला लामिछानेले बताईन ।

वास्तविक पिडितले न्याय पाउने कुरा फितलो रहेको पत्रकार महासंघ गोरखा शाखाका उपाध्यक्ष दिपक श्रेष्ठले बताए । गैरसकारी संस्था महासंघका अध्यक्ष सिताराम श्रेष्ठले आफु यौन हिंसामा परेको छु भनेर कतिपय महिलालाई कानुनी ज्ञान नै नभएको बताउँदै चेतना जरुरी भएको बताए ।

कोभिड–१९ संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण नै फरक रहेको अधिवक्ता तथा नागरिक साझा सभा गोरखाका संयोजक स्थानेश्वर दवाडीले बताए ।

कार्यक्रमकी प्रमुख अतिथि गोरखा नगरपालिकाकी उपमेयर विना कुमारी श्रेष्ठले महिलाका पक्षमा कानुन वनेपनि कार्यन्वयन हुन नसकेको बताईन । अपराध गर्नेलाई राजनितिक हिसावले संरक्षण गर्न नहुने उनले बताईन । कार्यक्रममा ‘जाति विभेद र कोभिड–१९ का कारण महिलामा परेका असर’ विषय कार्यपत्र अधिवक्ता रमेश अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्