| आइतवार, कार्तिक २२, २०८३

थुमीका एक युवक बन्दिपुरमा मृत भेटिए

गोरखा एक युवक तनहुँमा मृताबस्थामा फेला परेका छन् ।

जिल्लाको आरुघाट गाउँपालिका–४ घर थुमी घर भएका २६ बर्षिय होमबहादुर गुरुङको शव तनहुँको बन्दिपुर गाउँपालिका–१ नाला स्थित सुमिरा होटल पछाडी फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनको शव बुधवार राती फेला परेको प्रहरीको भनाई छ ।

मृतक गुरुङ सोही होटलमा काम गर्दै आएका थिए । बिहिबार बिहान ८ बजे युवकको शव फेला परेको प्रहरीलाई घटनाका बारेमा जानकारी गराइएको थियो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्