| आइतवार, कार्तिक २२, २०८३

बूढीगण्डकी आयोजना कार्यालयमा दोस्रो दिन पनि धर्ना

बूढीगण्डकी आयोजना कार्यालय सिउरेनीटारमा प्रभावित बिस्थापितले बिहिवार दोस्रो दिन पनि धर्ना दिएका छन् ।
मुआब्जा बितरण, पुनस्र्थापना र पुनर्बासको काम टुङ्ग्याउन माग गर्दै प्रभावित क्षेत्रका स्थानीयले बुधवारदेखि धर्ना थालेका थिए ।

आयोजनाको वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्र्थापना इकाइ कार्यालयमा दोस्रो दिन २५÷३० जनाको समुहमा भेला भएका स्थानीयले धर्ना दिएका सरोकार समितिका संयोजक हरेराम ढकालले बताए ।
२०७३ सालदेखि मुआब्जा बितरण सुरु भएको आयोजनाको अहिले पनि सकिएको छैन । छिटो मुआब्जा बितरण र पुनस्र्थापनाको काम सकेर निर्माण थाल्न स्थानीयले दबाव दिँदै आएका छन् ।

मुआब्जा निर्धारणका क्रममा यसअघि भएको निर्णय कार्यान्वयन गर्नुपर्ने अडान स्थानीयको छ । आयोजना कार्यालयमा गरिएको रिले धर्ना २४ गते सम्म निरन्तर चल्ने सरोकार समितिका संयोजक हरेराम ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्