| आइतवार, कार्तिक २२, २०८३

कांग्रेस नेता पौडेल पक्राउ परेको बिरोधमा गोरखामा प्रर्दशन

कांग्रेस नेता रामचन्द्र पौडेललाई बुधवार तनहुँमा प्रहरीले तीन घण्टा नियन्त्रणमा लिएको घटनाप्रति बिरोध जनाउँदै तरुण दल र नेपाल विद्यार्थी संघ गोरखाले सदरमुकाममा बिरोध प्रर्दशन गरेको छ ।
गोरखा सदरमुकामको बसपार्क देखि नराबाजी,र्‍याली सहित बिरोधमा उत्रिएका कांग्रेसका भातृ संस्थाका नेता कार्यकर्ताले सरकारको चर्को आलोचना गरेका थिए ।


तरुण दल गोरखाका अध्यक्ष काजी गुरुङले बरिष्ठ नेतालाई पुल उद्घाटनमा जाँदा पक्राउ गर्नु ज्यादती भएको बताउँदै त्यसको बिरोधमा तरुणदलले देशब्यापी प्रर्दशन गरेको बताए ।

साथै उनले दुई तिहाई सरकारको दम्भ देखाएर तरुण युवाहरुलाई पक्राउ गर्ने, झुटा मुद्धा लगाउने परिपाटी अन्त्य गर्न अन्यथा तरुण दलले आन्दोलन चर्काउने चेतावनी दिए ।


कार्यक्रममा नेविसंघका जिल्ला अध्यक्ष शुबास अधिकारीले अहिलेको शासन पद्धती र विधिका लागि लडेका नेता पौडेललाई त्यही विधिको आडमा पक्राउ गर्नु निन्दनिय भएको बताए । राणा, राजा फालेको नेपाली कांग्रेसलाई कमजोर आकलन नगर्न सरकालाई चुनौती दिए ।

आन्दोलनमा उत्रिएका कांग्रेस कार्यकर्ताले गोरखा सदरमुकामको हरमटारी चोकमा केही बेर चक्काजाम समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्