| सोमवार, कार्तिक २३, २०८३

धान झाँट्ने विषयमा बिवाद हुँदा छोराको कुटाईबाट बाबुको मृत्यू

छोराको कुटाईबाट गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ धन्सारमा बाबुको मृत्यू भएको छ ।

धान झाँट्ने विषयमा बाबु छोरा बिच बिवाद हुँदा ७० वर्षिय तुलराम ढकालको ज्यान गएको हो ।
४० वर्षिय छोरा भुबन ढकालले छात्ती र खुट्टामा लठ्ठीले हिर्काएपछि घाईते भएका तुलरामलाई उपचारका लागि जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

स्वास्थ्यकर्मीले घाईते ढकाललाई बुधवार राती मृत घोषणा गरेका हुन् । कुटपिट गर्नेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बासुदेव खतिवडाले बताए ।

मृतकको शव पोष्टमार्टमका लागि स्वास्थ्य केन्द्रमै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्