
आर्थिक प्रशासन शाखा प्रमुखहरुको बैठक सम्पन्न
आर्थिक प्रशासन शाखा प्रमुखहरुको बैठक मंगलवार सम्पन्न भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखामा आयोजित छलफलमा जिल्लाका बिभिन्न कार्यालयमा कार्यरत लेखा प्रमुखहरुको उपस्थितिमा दैनिक कामकाजको शिलशिलामा देखा परेको लेखा सम्बन्धी समस्या, समाधानको उपायको बारेमा छलफल गरिएको थियो ।
मंसीर ८ गते नेपाल राजपत्रमा प्रकाशित गरी कार्यन्वयनमा ल्याएको सार्वजनिक खर्चमा मितब्ययिता कायम गर्ने सम्वन्धी मापदण्ड २०७७ मा रहेको प्रावधानको सम्बन्ध लगायतका बारेमा छलफल भएको कोलेनिका गोरखाले जनाएको छ ।
प्रमुख कोष नियन्त्रण नारायणदत्त शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सार्वजनिक सम्पत्ती ब्यवस्थापन प्रणाली, संघ प्रदेश र स्थानीय तह सबै कार्यलयले अनिवार्य लागु गर्ने निर्णय भएको छ ।
सोमवार संघीय कार्यालय अन्र्तगतका लेखाका कर्मचारी बिच छलफल भएको थियो भने बुधवार प्रदेश अन्र्तगतका कर्मचारी बिच छलफल भएको हो ।
सोही अवसरमा कोष नियन्त्रको संयोजकत्वमा ९ सदस्यिय लेखा समिति गठन भएको युवराज आचार्यले बताए ।
नव आगन्तुक लेखाका कर्मचारीलाई स्वागत पनि गरिएको छ ।
११ किलो छेपेटार भालुस्वाँरा वारपाक सडक योजना गोरखाका लेखा अधिकृत तिर्थराज गौतम, सशस्त्र प्रहरी बल गुल्म गोरखाका चिरञ्जिवी पौडेल, पूर्वाधार बिकास कार्यालय गोरखाका लेखा अधिकृत महेन्द्र कुमार राई, प्रदिप पौडेललाई स्वागत गरिएको थियो ।




