
श्यामसुन्दर श्रेष्ठको २२ औँ स्मृति दिवस मनाइयो
द्वन्द्वरत तत्कालीन माओवादी विद्रोहीद्वारा हत्या गरिएका नेविसंघका तत्कालीन केन्द्रीय सदस्य श्यामसुन्दर श्रेष्ठको २२ औ स्मृति दिवशमा विभिन्न कार्यक्रम गरिएको छ ।
स्वर्गीय श्रेष्ठको स्मृतिमा सोमबार नेपाल विद्यार्थी संघ, गोरखाले बसपार्कस्थित उनको शालिक आसपास सरसफाइ कार्यक्रम गरेको थियो । त्यस्तै साँझ द्वीप प्रज्वलन गरेर स्मृति दिवस मनाइएको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष सुवास अधिकारीले जानकारी दिए ।




