| सोमवार, कार्तिक २३, २०८३

सोमवार पाँच जना कोरोना संक्रमित थपिए

गोरखामा सोमवार पाँच जना कोरोना संक्रमित थपिएका छन् ।

पालुङटार नगरपालिका ४ का एक महिला एक पुरुष, गोरखा नगरपालिका ८ का तीनजना गरी पाँच जना थपिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

गोरखा नगरपालिकामा ८ मा दुई जना महिला र एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी राजुरमण न्यौपानेले बताए ।

तीन जनाको स्वाब गोरखा अस्पतालबाट कलेक्सन भएको थियो । अहिले सम्म गोरखामा कोरोना संक्रमितको संख्या छ सय ९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्