| सोमवार, कार्तिक २३, २०८३

मनकामना मन्दिर र केबलकार खोल्न पहल गरिदिन नेविसंघको अनुरोध

नेपाल विद्यार्थी संघ शहिदलखन गाउँपालिका इकाई समितिले प्रसिद्ध धार्मीक स्थल मनकामना मन्दिर खुलाउन माग गरेको छ ।

मन्दिर र केबलकार बन्द हुँदा स्थानीयको रोजीरोटी गुमेको, ब्यापार ब्यवशाय ठप्प भएको भन्दै गाउँपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई मन्दिर खुलाउन, केबलकार संचालनका लागि सहयोग गरिदिन अनुरोध गरिएको छ ।

गाउँपालिका ईकाई समितिका संयोजक अबिन श्रेष्ठले प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई ज्ञापन पत्र बुझाउँदै चैत ६ गतेदेखि धार्मिक स्थल बन्द हुँदा मनकामना क्षेत्रका सयौँ सर्वसाधारण प्रत्यक्ष मारमा परेको बताएका छन् ।

अन्य क्षेत्र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सुचारु भएकाले मन्दिर पनि आवस्यक मापदण्ड पुरा गरी सुचारु गराउनुपर्ने माग नेविसंघले राखेको संयोजक श्रेष्ठले बताए । ‘स्वास्थ्यप्रति सचेत हुँदै स्थानीयको रोजिरोटीको पनि ब्यवस्था हुनुपर्नेमा हाम्रो जोड छ’ उनले भने ।

कोभिड १९ को प्रभावपछि मनकामना मन्दिर र केबलकार बन्द हुँदा त्यहाँको ब्यवशाय चौपट बनेको छ । उक्त मन्दिर सँगै अन्य ठाउँका मठ मन्दिर, गुम्बा, मस्जिद चर्च लगायतका ठाउँपनि सुरक्षित भएर खोल्न पहल गरिदिन नेविसंघ शहिदलखन इकाईले अनुरोध गरेको संयोजक अबिन श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्