
सांसद दवाडीद्वारा दुईवटा समूहलाई आर्थिक सहायता

सांसद भएवापत आफूले पाउने सेवा सुविधाबापतको रकम आफ्नै निर्वाचन क्षेत्रमा खर्च गर्ने घोषणा गरेका गण्डकी प्रदेशसभा सांसद प्रकाशचन्द्र दवाडीले शुक्रबार बारपाक सुलीकोट गाउँपालिका ४ सौरपानीको दुईवटा समूहलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।
हटियाको सौरपानी हटिया नेवार समाजलाई २५ हजार रुपैयाँ प्रदान गरेका छन् । समाजलाई आवश्यक परेको शीर्षकमा खर्च गर्न सकिने गरी सो रकम प्रदान गरेको सांसद दवाडीले बताए ।
त्यस्तै तल्लो चुनडाँडाको महिला समूहलाई रु ५० हजार प्रदान गरेका छन् । महिला समूहलाई आवश्यक पर्ने सरसामान खरिदका लागि ५० हजार रुपैयाँ प्रदान गरेको सांसद दवाडीले जानकारी दिए ।
यसअघि पनि उनले सांसद भएबापत आउने तलब भन्दाबापतको रकम समाजसेवामा खर्च गरिरहेका छन् ।





