
श्रृजनशिल सहकारीको २१ औँ साधारण सभा सम्पन्न
गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ८ को श्रृजनशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष विश्वजंग थापाकोको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति वडा अध्यक्ष बासु थापा, प्रमुख सल्हाकार मुक्तिनाथ ढकाल, सल्हाकार यदुनाथ सापकोटा, रामेश्वर तिमल्सिना, सदस्य प्रतिनिधि राजु थापा, वडा सदस्य मालती ढकाल लगायतले धारणा राखेका थिए ।
एक हजार तीन सय ७८ जना सदस्य रहेको शहकारीमा कुल पुँजी करिब नौ करोड रहेको सहकारीका ब्यवस्थापक परशुराम श्रेष्ठले बताए ।
यो सहकारी २०५२ सालमा स्थापना भएको हो । साधारण सभाको अवसर पारेर संस्थाले जेष्ठ सदस्य ठानबहादुर ढकाल, राधा खत्रीलाई सम्मान गरेको छ । असल ऋणि पूर्ण जंग थापा, पशुपालन तर्फ सपना नेपालीलाई सम्मान गरेको ब्यवस्थापक श्रेष्ठले बताए ।
आधारभुत र एसइईमा उत्कृष्ठ अंक ल्याउने सदस्यका छोराछोरी, पूर्व कर्मचारी संगिता श्रेष्ठलाई लगायतलाई वडा अध्यष बासु थापाले सम्मान गरेका थिए ।
उक्त सहकारीले जेष्ठ नागरिक भत्ता समेत दिँदै आएको छ । ७० वर्ष उमेर कटेका सदस्यलाई वार्षिक एक हजार दिने गरिएको छ ।
चालु वर्ष २८ जनालाई एक/एक हजार रुपैयाँको दरले सहयोग गरेको ब्यवस्थापक श्रेष्ठले बताए । सदस्यको मृत्यू भएमा परिवारलाई २० हजार राहत दिने गरिएको, जिबन बिमा संस्था मार्फत गराउनेलाई सम्मान गर्ने गरिएको सहकारीले जनाएको छ । दुईवटा बच्चा जन्माउँदा सम्म सदस्यलाई दुई हजारको दरले उपलब्ध गराउने गरिएको छ ।




