
बिपद् ब्यवस्थापनमा साउन यता रु. ११ लाख २९ हजार खर्च
जिल्ला प्रशासन कार्यालय गोरखाले बिपद्मा परेकाहरुलाई राहत स्वरुप साउन यता ११ लाख २९ हजार चार सय ३० रुपैयाँ वितरण गरेको छ ।
बाढी, पहिरो, हावाहुरी, आगलागी जस्ता बिपद्को घटनामा परी मृत्यू भएका ब्यक्ति, क्षति पुगेका घर तथा संस्थाहरुलाई विपद् ब्यवस्थापन समितिले उक्त रकम बितरण गरेको प्रजिअ तिर्थराज भट्टराईले बताए ।
संघीय सरकारबाट प्राप्त तीन लाख चार हजार एक सय ३० र प्रदेश सरकारबाट प्राप्त आठ लाख २५ हजार तीन सय रुपैयाँ खर्च भएको हो । खर्च भएको उक्त रकम बिहिवारको बैठकबाट अनुमोदन भएको छ ।
यस्तै जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय गोरखाबाट हालसम्म छ सय ९८ वटा ग्याबिन जाली र बिभिन्न साईजका सिंचाई पाईप बितरणको पनि बैठकले समर्थन गरेको छ ।




