
गोरखामा आज २३ जना कोरोना संक्रमित थपिए
गोरखामा सोमवार २३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । सबैभन्दा धेरै पालुङटार नगरपालिका वडा नम्बर ४ मा चार जना, १० मा चार जना र ५ मा एक जना गरी नौ जना थपिएका छन् ।
भिमसेन थापा गाउँपालिका वडा नम्बर ४ मा चार जना, गण्डकी गाउँपालिका वडा नम्बर १ को दुई जना र अजिरकोट गाउँपालिका वडा नम्बर ४ को एकजनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका सुचना अधिकारी राजुरमण न्यौपानेले बताए ।
आरुघाट गाउँपालिका वडा नम्बर ९ मा पनि तीन जनालाई संक्रमण देखिएको छ । गोरखा नगरपालिका ४ मा एक जना पूरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
शहिदलखन गाउँपालिकाको मनकामना चौकीमा कार्यरत तीन जना प्रहरीलाई पनि कोरोना पुष्टि भएको छ ।
थपिएका सबै संक्रमितको स्वास्थ्य अवस्था समान्य रहेको र उनीहरुको होम आइशोलेसनमा उपचार भईरहेको छ । यो सँगै गोरखामा कोरोना संक्रमितको संख्या छ सय ४२ पुगेको छ ।




